२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रधानमन्त्रीलाई महन्थ ठाकुर पक्षको आग्रहः विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्नुस

५ साउन,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले केही मुद्दा फिर्ता, नागरिकता अध्यादेश जारी, संविधान संशोधन कार्यदल गठन लगायतका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ ।  बैठकले कोराेना खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउन तथा वर्षाका कारण मुलुकको विभिन्न स्थानमा बाढी, पहिरो र डुबानजस्ता समस्यामा परेका जनतालाई राहत प्याजेक ल्याउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : July 20, 2021 at 4:08 pm