३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

५ साउन, काठमाडाैँ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । प्रचण्डले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थालेका हुन् । प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर गठबन्धन दलहरुबीच विश्वासका आधारमा सरकार संचालन गर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छफल गरेका छन् । प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव गर्दैआएका छन् ।

देउवासँगको भेटअघि अध्यक्ष प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपालको निवास कोटेश्वरमा छलफल गरेका थिए ।

नेता त्रयबीच भएको भेटमा केपी शर्मा ओली सरकारले असंवैधानिक ढङ्गबाट गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको जानकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिए ।

प्रकाशित मिति : 14:17