एमाले चिचिलो काँक्रो जस्तो अरुले औँला ठडाएर देखाउदा झरेर जाने चिज होइनः ओली
४ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जनताको अपार समर्थन भएको पार्टी भएको बताएका छन । पार्टीको केन्द्रीय कमिटीको बैठकमा सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले चिचिलो काँक्रो जस्तो अरुले औँला ठडाएर देखाउदा झरेर जाने चिज नभएको स्पष्ट पारे ।
उनले भने ‘एमाले चिचिलो काँक्रो जस्तो अरुले औंला ठडाएर देखाउदा झरेर जाने चिज होइन जनताको अपार समर्थन भएको पार्टी हो सबैलाइ याद होस्।’ ओलीले देउवाले लिएको बिस्वासको मत कबाडिको रिसाइकल बाट भाडा कुडा बटुलेर बनेको टाला टुलि बटुलि कति राम्री पुतलि भन्ने खालक जस्तो भन्दै व्यंग्य गरे ।
उनले पार्टीमा गुटबन्दीको महारोगको नेतृत्व गर्ने माधव नेपालहरुले गरेको गद्धारीका लागि कारबाही गर्ने र अन्य फ्लोर क्रस गने सबैलाइ २४ घण्टे स्पष्टिकरण सोध्ने बताए ।
प्रकाशित मिति : July 19, 2021 at 5:37 pm









