११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

जापानमा नेपाली प्रशिक्षार्थी पठाउँदा बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाएः मन्त्री विष्ट

३० असार, काठमाडाैँ । जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले बताएका छन ।

विगतका समयमा जापानी अन्तर्राष्ट्रिय तालीम सहयोग संगठन अन्तर्गत प्रशिक्षार्थी पठाउने गर्दा नेपाली प्रशिक्षार्थी मारमा परेको र यसका कारण बैदेशिक रोजगार कम्पनीले फाइदा उठाउने गरेको बताउँदै मन्त्री विष्टले नयाँ प्रणालीको भद्र सम्झौता अन्तर्गत कम्पनीबाट प्रशिक्षार्थी नठगिने बताए ।

नेपालका लागि जापानका नयाँ राजदूत मासामिची साइगोसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री विष्टले भने, “जापानमा वृद्धवृद्धाको संख्या बढिरहँदा नेपालबाट केयरगिभर (सेविका) पठाउन सकिने ठूलो सम्भावना रहेको छ ।”

श्रम र रोजगारीसम्बन्धी पारस्परिक हित र सहकार्यका हरेक प्रयासमा जापान सरकारको सकारात्मक सहयोग परिचालन गर्न आफूले हरसम्भव प्रयास गर्ने राजदूत साइगोले बताए ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ०८:३४