१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेकपाका नेता तथा पूर्वराज्यमन्त्रीअालमको निधन, श्रद्धान्जलीका लागि धुम्बाराहीमा राखिदै

३० असार, काठमाडौँ । नेकपाका नेता तथा पूर्व राज्यमन्त्री मो.मुस्ताक आलमको निधन भएको छ । आलमको शुक्रबार साँझ ६ बजे उपचारका क्रममा गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो ।

२०२२ भदौ २५ गते रौतहटमा जन्मिएका आलम २०७० सालको संविधानसभाको अर्को निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । आलम २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए । आलम आफ्ना क्षेत्रका जनताका बीचमा अत्यन्तै लोकप्रिय नेताको रुपमा रहेका थिए । श्रीमति, दुई छोरा र एक छोरी रहेकी छिन ।

अन्तिम श्रद्धान्जलीका लागि आलमको पार्थिव शरिरलाई भोली असरा ३० गते विहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा राखिने नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ०७:०३