नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?
३१ असार, काठमाडौँ । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना निकाल्दै निक्षेप तथा कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्यजादर अनुसार निक्षेप तर्फ न्यूनतम १.५१ प्रतिशत देखि ६.५१ प्रतिशत सम्म ब्याजदर तोकेको छ ।
त्यस्तै अमेरिकी डलरमा ०.५० ब्याज प्रदान गर्ने बैंकले जनाएको छ । नयाँ ब्याजदर भोलि( साउन १ गते)देखि लागू हुने छ । यसैगरी कर्जा तर्फ बेस रेटमा न्यनतम २ प्रतिशत देखि अधिकतम ६ प्रतिशत तोकेको छ । कर्जामा फिक्स ब्याजदर ११.५० प्रतिशत ब्याजदर तोकेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ११:२८












