९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

कोभिड १९ (मन्दाक्रान्त छन्दको कविता)

-देबकी आचार्य

कालो सापै भइ रनबनमा आई चोटै लगायो
साना ठुला कहि सहज थिएन आशा बिलायो
आमा रोईन धरधरि झारेर आँसू ति धारा
आरामै मीलन सकस थीयो डराए ति सारा ।

बीज्ञानै फेल भई कहरै साथ थीए ति व्याथा
रातै पार्दै रगत पिइ पीडा दिएरै ति सारा
मृत्यून्जयी यमदुत कहाबाट घोचेर काडा
बालायूवा कहि पनि रहेनौ बयोबृद्ध पिडा

सातोपुतो उडन गइ दाह्रा बजाई रनामा
दुलाभीत्रै बसन विवसै भैइ मानिस यहाँ
आई कैल्यै पनि नविसिने चोट छाती भित्रैको
लाई कैल्यै पनि नसकिने धार हामी भित्रैको

अंङ्गालो मार्न कठिन सन्नाटा सबै भावनामा
गंगा पानी दिन कठिन कस्तो भयो यो जमाना
मान्छे मान्छे बीच कहर कोभीड आयो कडानै
फोक्सो रोगी बनि सहन गाह्रो भयो विश्वमा नै ।

माक्सै लाऔँ सबतिर भगाऔँ कोभीड सारा
पानी हाम्रो जग धुनुपर्ने हात मीचीइ प्यारा
कुनै बाधा भइ शरिरमा पस्न आए बिरामी
मासौ कोभीड कहर नआती संहाली कहानी

चाईना तीर गत वर्ष हुवान मुहान ताहा
थाहै थीएन कहर कति साह्रो भयोे वस्तीमा
सारा संसार भयभित हुँदै विद्वता हरायो
बीज्ञानै त्रसित भएर माया र आशा डरायो

रुघा औ खोकि मनबल सारै खीची हाम्रा
कस्तो बीघ्नै सहन कठिनै पर्न आयो पीडा
नीती औँ नीयम मनन सारा सुनौ साहसैमा
गैरो चोटै सहने कति मृत्यू संहाल्दै पिडामा

सासै रोकी दिन पछि नपार्ने कस्तो रोग आयो
सारा मानीस दिनहिन पीडा र चोटै लगायो
सोचौ हामी अब सहन गाह्रो भयो भाव याहाँ
दीऔँ दृष्टी मनतन नबिसौँ कडा यो नीयतीमा ।
दीऔँ दृष्टी मनतन नबिसौँ कडा यो नीयतीमा । ।

आचार्य गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ–परिषद् सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति : July 13, 2021 at 6:40 pm