८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

काभ्रेको रोशी खोलामा डुब्यो यात्रुबाहक बस

८ असोज, काठमाडाैँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुञ्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमै अड्किएको छ।

बिहीबार बिहान करिब ९ः५० बजे खरिबोटस्थित खोला तर्ने क्रममा बसले खोला पार गर्न नसकेपछि खोलाको बीचमै अड्किएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट सशस्त्र प्रहरी निरीक्षक सुमन बुढाथोकीको कमान्डमा डीएमसहित १० जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।

उद्धार टोलीले बसमा रहेका यात्रुहरूलाई सुरक्षित स्थानमा राखेको जनाइएको छ। घटनामा मानवीय क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन।

प्रकाशित मिति : September 24, 2026 at 11:01 am