८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

यी हुन् एमाले केन्द्रीय कमिटीमा मनोनीत नेताहरु

८ असोज, काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य कोटामा मनोनयन प्रस्ताव गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय सदस्यहरू मनोनीत गरेका हुन्। सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेका २९ जनाको नाम केन्द्रीय कमिटीमा प्रस्ताव भएका छन् । काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम दंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा केन्द्रीय सदस्य मनोनीत भए।

त्यस्तै पाल्तेन शेर्पा जी गुरुङ, बिनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा, कौशला खत्री, महमुद इष्ट्याक, प्रमोद यादव, डा. अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ,  श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज बिष्ट, अर्जुन राई, धर्म गिरी केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

प्रकाशित मिति : September 24, 2026 at 4:22 pm