सांग्रिला बैंकको बोनस शेयर डिम्याट खातामा
२९ असार, काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर डिम्याट खातामा जम्मा भएको छ । बैंकले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको हो । गत चैत २३ गते सम्पन्न भएकाे कम्पनीको १६ औंँ साधारण सभाले छ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
चैत ९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा बैंकले ५ प्रतिशतका दरले हुन आउने रकम जम्मा गरेको छ । त्यसैगरी चैत ९ गतेसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : २९ असार २०७८, मंगलवार ११:०५












