सर्वोच्चको फैसलाको स्वागत गर्दै योगेश भने, १० बुँदे कार्यान्वयनमा लागाैँ
२८ असार, काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सर्वोच्चको फैसलाको स्वागत गर्नुभएको छ । उहाँले फैसालाको स्वागत गर्दै एमाले एकताका लागि १० बुँदे कार्यान्वयनका लागि अनुरोध गर्नुभएको छ । यस्तो छ उहाँको टिप्पणी ‘सर्वोच्च अदालतको संबैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुन: स्थापना गर्ने गरी गरेको आदेसको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु । हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने बिश्वास ब्यक्त गर्दछु ।’
प्रकाशित मिति : 14:19









