दीपक मनाङेले लिए खेलकुद मन्त्रालयको जिम्मेवारी, उर्जामा जसपाका आचार्य
२७ असार , काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विना विभागीय मन्त्रालयको जिम्मेवारी २ जना मन्त्रीलाई तोक्नु भएकाे छ । जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएकाे छ भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजै पदभार ग्रहण गरि सक्नु भएकाे छ ।
यस अघि मुख्यमन्त्री पोखरेलले आचार्यलाई ऊर्जा मन्त्रालय र मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी तोके पनि उहाहरुले अस्वीकार गरेका गर्नुभएकाे थियाे । दीपक मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै खेलकुद मन्त्रालय अस्वीकार गर्नुभएकाे थियाे भने आचार्यले अर्थ मन्त्रालय दाबी गरिरहनु भएकाे थियाे ।
११ वटा मन्त्रालय रहेको गण्डकीमा यसअघि मधुमायाले स्वास्थ्य र कुमार खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्दै आउनु भएकाे छ ।
प्रकाशित मिति : 12:25









