२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

देउवालाई धोका नदिने रणनीति अन्तर्गत माधव नेपालले मागे एमालेको अध्यक्ष

२७ असार, काठमाडाैँ । नेकपा एमालेको विवाद समाधान कार्यदलले जुटाएको सहमतिमा वरसषठ नेता माधवकुमार नेपालले बखेडा झिक्नु भएको छ । उहाँले कार्यदलले बनाएको सहमति नमान्ने बताउनुभएको उहाँ निकट कार्यदलका एक सदस्यले जानकारी दिनुभयो । उहाँको यो असहमति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धनलाई धोका नदिने रणनीति अन्तर्गत भएको पनि उहाँले बताउनुभयो ।

‘देउवालाई धोका नहोस भन्नका लागि नेपालले एमालेको अध्यक्ष पद माग्नुभएको छ । महाधिवेशनमा पराजित भएका नेपालले त्यही अध्यक्ष नभइ हुन्न भनेर अड्डी कस्न कुन नैतिकताले दिन्छ ? तै पनि नैतिकता र विधिको कुरा गर्ने उहाँको अडानले हामी समेत अफ्ठेरामा परेका छाैँ ।’ कार्यदलका ती सदस्यले भन्नुभयो ।

जनै खटिराबाट पीडित नेपाल बिहान आफू पक्षधर कार्यदलका सदस्यसँग झण्डै तीन घण्टासम्म छलफल गर्दै तपाइहरू जेसुकै गर्नुस् भनेर रिसउनुसमेत भएको थियो । नेपालले ९ बुँदे सहमतिको मस्याैदामा समेत असन्तुष्टि जनाउनुभएको छ ।

प्रकाशित मिति : 11:39