माधव नेपालको घर पुगेका एमाले कार्यदलका सदस्य उतै हराए, पाँच जना सिंहदरबारमा कुर्दै
२७ असार, काठमाडाैँ । नेकपा (एमाले)को विवाद समाधान कार्यदलको बैठक बस्न ढिलाइ भैरहेको छ । हिजै भएको सहमतिमा अहिले बिहान ८ बजे हस्ताक्षर गर्ने समय निर्धारण भएको भए पनि माधव नेपाल समूहका भनिएका कार्यदलका पाँच सदस्य नेपाल निवास कोटेश्वरमा अड्किएपछि हस्ताक्षर हुन सकेको छैन ।
कार्यदलले ९ बुँदे सहमति गरेको छ । उक्त सहमतिमा हस्ताक्षर लगत्तै स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने तयारी गरेको भए पनि कार्यदलका सदस्य पुगेका छैनन् । यता संस्थापन समूहका कार्यदलका सदस्यहरू भने अन्य पाँच भाइको प्रतिक्षामा रहेका छन । एमालेको आन्तरिक एकता भाड्न विदेशी शक्तिले खेलीरहेको छ भने पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सक्रिय बन्नुभएको छ ।
प्रकाशित मिति : 09:24









