एमालेको स्थायी कमिटी बैठक ११ बजे, माधव नेपाल समूह पाँच महिनापछि सहभागी हुँदै
२७ असार, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले बिहान ११ बजे बस्दैछ । ११ बजे बस्ने बैठक प्रधानमन्त्री निवास, सिंहदरबार वा माइतीघरमा रहेको पार्टी कार्यालयमा बस्नेछ । यद्यपी ठाउँ निश्चित नभइसकेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दैनिकीलाइ जानकारी दिनुभयो ।
एमालेको विवाद समाधान कार्यादलले गरेको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । योसँगै सडकमा छताछुल्ल भएको एमालेको विवाद अब आन्तरिक रूपमै समाधान हुँदै अघि बढ्नेछ । एमाले माधव नेपाल समूहको माग र संस्थापनको अडानकाबीच जेठ २ को पेरिफेरिमा रहेर सहमतिमा पुगेको छ ।
सहमतिले एमालेले माओवादीसँग एकता हुँदा मनोननय गरेका केन्द्रीय र स्थायी कमिटी सदस्य एवं नेकपा विघटन भएसँगै माओवादीबाट आएका नेताहरूको व्यवस्थापनका विषयमा समेत सहमत भएको छ । योसँगै फागुन २३ पछि एमालेको बैठक बहिष्कार गर्दै आएको माधव कुमार नेपाल समूहका नेता पाँच महिनापछि पार्टीको बैठकमा सहभागी हुने भएका छन ।
प्रकाशित मिति : 08:39









