२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

विष्णु पाैडेल निर्णायक भनिएको कार्यदल बैठकमा नगएपछि पत्रकारसँग घनश्याम बोले

२४ असार, काठमाडौँ । नेकपा एमालेको विवाद समाधान कार्यदलका एक जना सदस्य पार्टीका उपमहासचि एवं उपप्रधानमन्त्री विष्णु पौडेल बिहीबारको निर्णायक भनिएको बैठकमा नगएपछि तनाव भएको छ ।

सबै नेताले कार्यदलमा सहमति जुटेको र आजै राति वा भोलिसम्ममा एउटा सन्देश  दिने भनेर सार्वजनिक घोषणा समेत गरेको अवस्थामा अचानक विष्णु पौडेल बैठकमा अनुपस्थित हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट उहाँ अनुपस्थित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पौडेल अनुपस्थित भएपछि बिहीबार साँझको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ ।

अब भोलि बिहान ११ बजे बैठक बस्ने तय भएको छ । अर्थमन्त्रालयमै बैठक बोलाएर पौडेलनै अनुपस्थित हुनुले एमालेको मिल्न लागिसक्यो भनेको विषय पुनः भाँडिएको हुनसक्ने अनुमान गरिएको छ । पाैडलको सचिवालयले भने मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुपर्ने भएकाले कार्यदलमा सहभागी नभएको जनाएको छ । पाैडेल उपस्थित नभए पनि मन्त्रिपरिषद् बैठक बस्ने सक्ने भएपनि सर्वसम्मतिले निर्णय गर्नुपर्ने कार्यदलको बैठक भने चल्न सक्दैन ।

बैठक हुन नसकेपछि बाहिरिनेक्रमा पौडेलकै गृहजिल्लाका अर्का उपमहासचिव जो माधवकुमार नेपाल निकट मानिनुहुन्छ घनश्याम भुसालले निराश प्रतिक्रिया दिनुभयो ।घनश्याम भुसालले चाहिँ १० दिनदेखि केही पनि प्रगति नभएको भन्दै निराशा व्यक्त गर्नुभयो । अन्य बेलामा पत्रकारसम्म नबोलेका भुसालको प्रतिक्रियालाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : 22:57