एमाले कार्यदलको बैठक सकियो, साँझसम्ममा सहमतिको घोषणा हुने
२४ असार, काठमाडाैँ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ । सिंहदरबार बसेको बैठक केहीबेर अघि सकिएको हो । बैठकमा पार्टी एकतावद्भ भएको घोषणा गर्ने विषयवस्तुका बारेमा छलफल भएको एमाले नेता एवं कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँले फेरि साँझ बैठक बसेर पार्टी एकतावद्ध रहेको सन्देश दिने तयारी गरिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : 13:29









