२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

भीम रावल माधव नेपाललाई भेटेर फर्केपछि सुरु भयाे एमाले कार्यदलको बैठक

२४ असार, काठमाडाैँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेर अघि एमाले कार्यदलको बैठक सुरु भएको हो । बैठक बस्नु अघि नेता भीम रावल वरिष्ठ नेता माधव नेपाल भेट्न कोटेश्वर जानु भएकाे थियाे ।

रावल कोटेश्वर जानु भएकाेले कार्यदलको बैठक केही ढिला गरी सुरु भएको हो । आज बिहान ओली पक्षका नेता विष्णु पौडेलसँग रावलले भेटवार्ता गर्नु भएकाे थियाे । बैठकले सहमतिको अन्तिम खाका तयार पार्ने बुझिएको छ ।

प्रकाशित मिति : 12:23