२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

पाँच वर्षमा ५० हजारले त्यागे नेपाली कांग्रेस

१४ असार, काठमाडाैँ । नेपाली कांग्रेसका कार्यकर्ता मध्ये बार्षिक १० हजारले पार्टी  परित्याग गरेका छन । वार्षिक १० हजारका दरले कार्यकर्ताले कांग्रेस छाडेका हुन ।

नेपाली कांग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले एक महाधिवेशनबाट अर्को महाधिवेशन हुने तयारी भैरहेको बीचमा ५० हजार कार्यकर्ताले कांग्रेसको सदस्यता नविकरण नगरेको जनाएको छ । समितिका प्रवक्ता प्रदीप पाैडेलले अघिल्लो पटक चार लाख ७० हजार जनालाई क्रियाशिल दिएकोमा यसपटक त्यसमध्ये जम्मा चार लाख २० हजार जनाले मात्रै नविकरण गरेका छन ।

पाँच वर्षअघि १३औँ महाधिवेशनमा क्रियाशिल सदस्यता पाएका ५० हजार व्यक्तिले यसपटक नविकरणका लागि आवेदन नदिएका हुन्। आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ महाधिवेशनका लागि नेता रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको छ।

प्रकाशित मिति : July 8, 2021 at 8:43 am