एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता जारी, संयुक्त विज्ञप्ति आउला ?
२३ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा सहमतिका लागि वार्ता जारी छ । करिब एक घण्टाअघिदेखि दुबै नेताबीचको वार्ता चलिरहेको छ ।
यसअघि दुइ नेतामात्र बस्दा वातावरण थप बिग्रिएपछि बुधबारको वार्तामा दोस्रो तहका पाँच नेता पनि सँगै रहेका छन । वार्तामा महासचिव ईश्वर पोखरेलसहित दोस्रो तहका नेताहरू सुवास नेम्वाङ, डा भीमबहादुर रावल, विष्णु पाैडेल र सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको छ ।
उहाँहरूको बीचको वार्ता पाँचतारे मेरियट होटलमा चलिरहेको छ । उहाँहरूले संयुक्त रूपमा निकाल्ने विज्ञप्तिको बारेमा छलफल भएको बुझिएको छ । पछिल्लो समय वार्तामा रहेका नेताहरूले भित्री सहमतिका कुरा बाहिर ल्याउने गरेका छैनन् ।
प्रकाशित मिति : 21:04









