२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमाले कार्यदलको वार्ता निष्कर्षउन्मुख, भोलिसम्म टुंगोमा पुग्ने

२३ असार, काठमाडौँ । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबारमा बसेको एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक केही समय बसेर सकिएको हो । बैठक सकारात्मक भएको वार्ता टोलीका सदस्य नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

विवाद समाधान निष्कर्षउन्मुख भएको र  भोलिसम्ममा एउटा निष्कर्षमा पुग्ने ज्ञवालीले जानकारी दिनुभयाे । ज्ञवालीले भन्नुभयाे,  ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’,।  एमालेभित्रको विवाद मिलाउन पछिल्लो तीन दिनदेखि दुवै पक्षका नेता लागिपरेका छन् ।

प्रकाशित मिति : 13:22