२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा

२३ असार, काठमाडाैँ । इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली फाइनलमा प्रवेश गरेको हो । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा ४-२ को नमिठो हार स्पेनले व्यहोरेको छ ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल पनि १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा निर्णय लिइएको हो । इटली सन् २०१२ पछि युरोकपको फाइनलमा पहिलो पटक पुगेको हो ।त्यो बेला इटली स्पेनसँग फाइनलमा पराजित भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार ०७:५३