२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

जनता समाजवादी पार्टी विभाजित हुने, अब महन्थ र उपेन्द्रको छुट्टाछुट्टै पार्टी

२२ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी विभाजित हुने निश्चित भएको छ । निर्वाचन आयोगमा मंगलबार भएको छलफलमा जसपाका दुबै पक्ष विभाजनका लागि तयार भएका हुन । उनीहरूले सहमतिमा पार्टीको विवाद मिलाउन तयार नभएपछि अायोगले कानुन पक्रिया अनुसार जसपाको विवाद मिलाउने तयारी सुरू गरेको छ ।

जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेस गरेको थियो । सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुवै पक्षलाई सहमति जुटाउनको लागि भन्दै छलफलमा राखेको थियो । तर जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन् ।

छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान सहमतिबाट हुन नसकेको जानकारी दिनुभयो ।अब नियमानुसार जसपा आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगमा एउटा इजलास गठन हुने इजलासले सुनुवाइको प्रक्रिया अगाडी बढाएर विवादको निरुपण हुनेछ ।

प्रकाशित मिति : 18:20