२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सरकार विरोधी मोर्चामा सहभागी दललाई बाँदरको संज्ञा दिँदै वलीले वाचन गरिन कविता

२१ असार, काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल वलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिदै व्यंयात्मक कविता बाचन गर्नुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य वलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताउनुभयो ।

धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भईकन जनतालाई जलस्रोतसंग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बिताउनुभयो । उहाँले भन्नुभयो “यो बेलामा राष्ट्रका सबै शक्तिहरु एकठाउँमा उभिनु पर्देन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ?

न आफ्नो घरब बनाउने न अर्काको घर बन्न दिने ? न अरुलाई गर्न दिने न आफुले गरेर देखाउने ? यसरी मुलुकको निर्माण कसरी हुन्छ ? जनताको सम्मृद्धि कसरी हुन्छ ?” उहाँले आफुले पनि नगर्ने र अर्कालाईपनि काम गर्न नदिने चरित्र राजनीतिक दलहरुमा भएको भन्दै सरकार विरोधी मोर्चामा सहभागी दललाई लक्षित गर्दै ‘बाँदरको जमात र अमृत पानको सपना ’ शिर्षकको कविता बाचन गर्नुभयो ।

यस्तो छ कविता

बाँदरको जमात र अमृतापनको सपना

बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको आफ्नो निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।

कहिले मिलेका छन्, कहिले फुटेका छन् ।।
ईर्श्या भट्टीमा आफैंलाई भुटेका छन् ।।

आँखाभरी लोभ पापको पिपासा बोकेर आजकाल बेवारिसे बाँदरहरू विनाशाको मेलामा जुटेका छन् ।।

अलिकति चेतना भएको भए हामी र हाम्रो भन्न सक्थे ।।
हालेको जग बचाएको भए सुन्दर घरबास बन्न सक्थे।।

आखिर बाँदर न हुन, भोलिको प्रतीक्षा कहाँ गर्न सक्छन् ।।
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।।

बाँदरहरू खेती गदैनन् बाली विनास गर्छन् ।।
कहिले ढेडुहरूसँग मिल्छन्, कहिले गोइलानहरुसँग मिल्छन् ।।

कर्मको कुटो नलगाउने यी बाँदरहरू अमृतपान गर्ने सपाना देख्छन् ।।

बाँदरहरूको निश्चित देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।

प्रकाशित मिति : 17:26