प्रधानन्यायाधीशले प्रश्नः एमाले नभई सरकार बन्ने अवस्था छ ?
२१ असार, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र वरिष्ठ अधिवक्ता हरिहर दाहालबीच संवैधानिक इजलासमा सवाल जवाफ भएको छ। सोमबार रिट निवेदकका तर्फबाट जवाफी बहसमा वरिष्ठ अधिवक्ता दाहालले संविधानको धारा ७६ मा २ अनुसारनै दल चाहिने हो भने उपधारा ५ किन राख्ने भनेपछि प्रधानन्यायाधीश राणाले साे प्रश्न गर्नु भएकाे हाे ।
‘किन चाहियो यो उप धारा ५ ? शेरबहादुर देउवाको दाबी मात्र संविधान सम्वत हो, अरुको छैन’ दाहालले यस्तो जिकिर गरेपछि प्रधानन्याधीश राणाले प्रश्न गर्दै भन्नुभयाे, ‘धारा ७६(५) संसदको स्थायित्वको लागि हो या प्रधानमन्त्री नियुक्तिको लागि हो ? संसदको आयु ५ वर्ष रहने भनेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्यो भने प्रतिनिधिसभा पूरै कार्यकाल चल्छ ?’
जवाफमा अधिवक्ता दाहालले देउवाको मागदाबी संसदको स्थायित्वको लागि भएको बताउनुभयाे। उहाले संसदले पूरै कार्यकाल चल्न पाउनुपर्छ भनेर रिट दायर गरिएको र वैकल्पिक सरकार गठनको सम्भावना रहेको बताउनुभयाे ।
दाहालको जवाफपछि प्रधानन्यायाधीश जबराले फेरि प्रश्न गर्दै भन्नुभयाे, ‘हिजोदेखि सोधेको छु, एमाले सरकारको विकल्प दिने अवस्था छ ? वैकल्पिक सरकार भनेको के हो ?’ वाँकी अवधि पूरा हुनका लागि हो कि, सार्थकता दिन्छ जस्तो लाग्छ ?’ दाहालको जवाफ थियो, ‘यही लाग्छ भनेर हामी आएको हो। अघिल्लो पटक वैकल्पिक सरकार बन्छ।’
त्यसपछि प्रधानन्यायाधीश राणाले अहिले एमाले नभइ सरकार बन्ने देखिन्छ भन्दै प्रश्न गर्नुभएकाे छ। ‘पहिलो विघटनमा विकल्पमा सरकार बन्ने देखेर बदर गरेको हो। अहिले त एमाले नभई सरकार बन्ने देखिँदैन, देखिन्छ?’
प्रकाशित मिति : 13:09









