बालुवाटारमा ओलीसँग डेढ घण्टा वान टु वान वार्ता गरेर निस्किए डा भीम रावल
२० असार, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गरेका उपाध्यक्ष डा भीम रावल डेढ घण्टा वान टु वान वार्ता गरेर बाहिरिनु भएको छ । ओलीकै बोलावटमा रावल बालुवाटार जानुभएको थियो ।
माधव नेपालले पछिल्लो समय रावलले भनेको भन्दा बाहेक अन्य नेताको कुरा नसुनेपछि उहाँसँगै वार्ता गर्न दोस्रो तहका अन्य नेताले सुझाव दिनुभएको थियो ।
यसअघि असार १८ मा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझ ५ बजेसम्ममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन भन्दै नेपालसहितका २३ पूर्व सांसदले गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । सो डेटलाइनसम्ममा कुनै बाटोबाट सहमति खोज्नका लागि नेताहरू जुटेका छन ।
प्रकाशित मिति : 22:46









