२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

गृह जिल्ला पुगेर योगेश भट्टराईले भनेः प्रतिनिधिसभा पुनस्थापना हुन्छ

२० असार, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनस्थापना हुने दाबी गर्नुभएको छ । गृह जिल्ला ताप्लेजुङ पुगेर नेपाल पत्रकार महासंघको कार्यक्रममा बोल्दै सचिव भट्टराईले सर्वोच्च भित्र भएको बहस हेर्दा आफैँलाई संसद पुनस्थापना हुने लागेको बताउनुभयो । उहाँले भन्नुभयो ‘वर्तमान प्रतिनिधिसभाको पाँच वर्षे अवधि रोचक ढङ्गले जाँदैछ, घटनाहरु दुःखदायी छन्, तर देख्दा रोचक छ । एउटै कार्यकालमा दुई पटक प्रतिनिधिसभाको विघटन सायद यो वल्र्ड रेकर्ड हुन्छ होला, र अर्को पनि वल्र्ड रेकर्ड हुन्छ होला दुवैपटक प्रतिनिधिसभाको पुर्नस्थापना अदालतले गर्छ।’ भट्टराईले पत्रकार महासंघ ताप्लेजुङ शाखालाई नगद एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

प्रकाशित मिति : 14:02