२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमालेले विधान महाधिवेशनको तयारी गर्न नेताहरूको जिम्मेवारी तोक्यो

१९ असार, काठमाडाैँ । नेकपा एमालेले विधान महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी तोकेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी तोकेको हो । बैठकले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी दिएको बैठकपछि प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

महासचिव ईश्वर पोखरेलले महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्ने जिम्मा पाउनुभएको छ । त्यस्तै, उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मवारी दिइएको छ । बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल)लाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिएको छ । एमालेको नवौं महाधिवेशनले विधान महाधिवेशनको निर्णय गरेको थियो । विधान संशोधन तथा पार्टीको नीति कार्यक्रम र विचारका बारेमा छलफल गर्न विधान महाधिवेशन परिकल्पना गरिएको हो ।

प्रकाशित मिति : 19:14