जेठ २ का नाममा माधव नेपालका थप सर्त स्वीकार्न सकिन्नः महासचिव पोखरेल
१९ असार, काठमाडाैँ । नेकपा (एमाले)का महासचिव ईश्वर पाेखरेलले जेठ २ का नाममा माधव नेपालका थप सर्त स्वीकार्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटीको बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै महासचिव पोखरेलले २०७५ जेठ २ काे सर्त स्वीकार्न नसकिने स्पष्ट पार्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो ‘नेकपा एकीकरणका बेलाको भावनामा अगाडि बढेका छाैं । माधव नेपालहरूले जेठ २ लाई यान्त्रिक रूपमा राख्नुभएको छ, त्यो स्वीकार्न सकिन्न ।’ २०७५ जेठ २ यता पार्टीमा धेरै व्यक्ति जाेडिएकाे भन्दै पाेखरेलले जिल्ला र प्रदेश तहमा पनि त्यसरी नै अगाडि बढ्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘जेठ २ का नाममा पार्टी एकतालाई कमजोर बनाउने, भत्काउने र पार्टीलाई अस्तव्यस्त बनाउनेलाई जिम्मेवारी दिन सकिँदैन ।’
प्रकाशित मिति : 18:01









