२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

स्थानीय निर्वाचनपछि मात्र एमाले महाधिवेशन गर्न महासचिव पोखरेलको प्रस्ताव

१९ असार, काठमाडाैँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी महाधिवेशन आगामी वैशाखभित्र सम्पन्न गर्न प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राख्नुभएको छ । शनिबार बालुवाटारमा जारी बैठकमा महासचिव पोखरेलले यस्तो प्रस्ताव राख्नुभएको हो ।

उहाँले बैठकमा प्रस्ताव राख्नदै भन्नुभएको छ ‘वैशाख ३०, २०७९ मा कुनै पनि हालतमा महाधिवेशन गरी सक्नुपर्छ। कानुनी रूपमा पनि छिटो गर्नुपर्ने अवस्था रहेको छ। किनभने मंसिरमा हुने चुनाव र फागुनमा स्थानीय तहको निर्वाचन छ, त्यसैले चुनाव सकिएपछि पार्टीलाई महाधिवेशन तर्फ लैजानुपर्छ।’

प्रकाशित मिति : 16:27