२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

म ओलीकै पक्षमा छु, अब गुटका नाममा अन्त फर्किन्नः उपाध्यक्ष गौतम

१८ असार, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको बताउनुभएको छ । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गाैतमले एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन आग्रह गर्नुभयो । उहाँले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष गौतमले आफू आएपछि पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न,’ उहाँको भनाइ थियो । गौतमले बृहद कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि एकै ठाउँमा ल्याउनुपर्ने बताउनुभयो ।

गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो ‘म यति दिन भन्दिनँ तर केही दिनभित्र एकता गर्छु, तपाईं चिक्त बुझ्ने गरी नै एकता गर्छु ।’  उहाँले अध्यक्षको भूमिका संरक्षकको हुनुपर्ने बताउँदै कसैले कसलाई सम्मान गरेन भन्दैमा त्यही खालको व्यवहार देखाउन नुहने बताउनुभयो ।

प्रकाशित मिति : 14:21