एमाले र सरकारका विरुद्ध स्याल हुईया मच्चाउनेहरु अब टिक्दैनन्ः अध्यक्ष ओली
१८ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र सरकारका विरुद्ध स्याल हुईया मच्चाउनेहरु अब नटिक्ने बताउनुभएको छ । शुक्रबार सुरू भएको एमालेको केन्द्रीय कमिटी बैठकलाइ सम्बाोधन गर्दै उहाँले अबको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने बताउनुभयो ।
उहाँले एमालेको एकता भाँड्नका लागि धेरै मान्छिहरू लागि परिरहेको भन्दै सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘राजनीतिक दलले अराजकतामा, अनुशासन उलंघन गर्नुलाई बहादुरी ठान्ने, देशलाई अनुशासन र छाडा प्रवृत्तितर्फ लैजान खोजिएको छ ।’
अध्यक्ष ओलीले अदालतलाई दबाब दिने र पार्टी एकतालाई कमजोर पार्ने प्रयासहरु समेत भैरहेको भन्दै केही जरुरी र महत्वका विषयलाई न्याय गर्ने बताउनुभयो ।
प्रकाशित मिति : 13:53









