२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

पर्सिदेखि चाहिने जति कोभिड-१९ विरुद्धको खोप आउँछः प्रधानमन्त्री ओली

१८ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सीदेखि चाहिनेजति कोभिड-१९ विरुद्धको खोप नेपाल आइपुग्ने बताउनु भएकाे छ । शुक्रबार नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ विरुद्धको खोप पर्सीसम्म आइपुग्ने बताउनु भएकाे हाे । उहाले भन्नुभयाे, ‘अब भ्याक्सिनको समस्या छैन, पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’

भारतबाट सम्झौताअनुसार दोस्रो डोज खोप नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उहाले बताउनु भएकाे हाे । केही दलका नेताहरुले अहिले कोरोना खोप नदेऊ भनेर लबिङ गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयाे । केही दलका नेताहरुले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेको समेत उहाले बैठकमा बताउनुभयाे ।

प्रकाशित मिति : 13:54