२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

ओलीसँगको भेटपछि बालुवाटारबाट बाहिरिए माधव समूहका तीन नेता

१८ असार, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन नेताले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टै छलफल गरेका छन । अध्यक्ष ओलीसँग माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले छलफल गर्नुभएको हो । उहाँहरूसँगको छलफलका कारण बैठक करिब डेढ घण्टा ढिला भएको थियो ।

अध्यक्ष ओलीसँगको छलफल सकिएर बाहिरिएपछि दैनिकीसँग कुरा गर्दै सुरेन्द्र पाण्डेले आफूहरूले बैठक रोकेर पार्टी एकताको बन्न लागेको वातावरण थप मजबुद बनाउन अनुरोध गरिएको जानकारी दिनुभयो । उहाँले जवाफमा ओलीले साथीहरूसँग छलफल गरेर निर्णय दिने बताएको जानकारी दिनुभयो ।

माधव समूहका नेताहरूले पुरानो स्थायी कमिटी बैठक बोलाएर त्यसबाट निकास खोज्ने र एउटा कार्यदल बनाएर बढीमा दुइ दिनमा एकताको काम सम्पन्न गर्नेगरी अघि बढ्न अध्यक्ष ओलीलाइ सुझाव दिनुभएको छ । यसअघि गएराति अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका बीचमा भएको टेलिफोन संवादमा पनि नेपालले बैठक रोक्न अनुरोध गर्नुभएको थियो ।

 

प्रकाशित मिति : 12:47