३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

टोकियो ओलम्पिकमा नेपालबाट एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने

१८ असार, काठमाडाैँ । टोकियो ओलम्पिकमा नेपालबाट एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा पार्कीका सट्टा चौधरीले सहभागिता जनाउने तय भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासङ्घको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनका हकमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभइ एथलेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भएको जनाइएको छ ।

आयोजकले म्याराथनको सट्टा एक सय मिटरतर्फ महिलालाई मात्र स्थान दिन सक्ने भनेर पत्र पठाएपछि चौधरीको नाम छनोट गरिएको कमिटीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १०:१९