२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सहमतिका लागि जुटेका एमालेका दोस्रो तहका नेताहरूको बैठक सकियो

१७ असार, काठमाडाैँ  । नेकपा एमालेमा सहमति खोज्न जुटेका दोस्रो तहका नेताहरूको बैठक सकिएको छ । साँझ पुनः जुट्ने गरी बैठक सकिएको र केही प्राविधिक बाहेकको विषयमा सहमति भएको छलफलमा सहभागी हुनुभएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

हिजो साँझ बसेको नेताहरूको बैठक थप छलफल गर्न भन्दै बिहान पनि बसेको थियो । अहिले सकिएको बैठक साँझ चारबजे बस्ने गरी सकिएको छ । छलफल सकारात्मक मोडमा अघि बढेकोले दोहोर्‍याएर बस्न लागिएको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो ।

केहीबेरमा सुरु हुने माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी हुन जानु पर्ने भएकोले अहिलेको बैठक कुरा नटुंगिदै स्थगित गरेको नेताहरुले जनाएका छन् । संस्थापन पक्षका नेताहरुले बैठकमा नकारात्मक अभिव्यक्ति नदिन माधव नेपाललाई सजग गराउन सम्झाउन आग्रह गरेका छन् । ‘सहमतिको नजिक पुगेको बेला नकारात्मक अभिव्यक्ति दिएर वातावरणलाई नभड्काउन आग्रह गरेका छौं’ ती नेताले भन्नुभयो ।

प्रकाशित मिति : 10:26