२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, यी हुन अन्तिम आठमा पुग्ने टोली

१६ असार, काठमाडाैँ । युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गए राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको छ ।

योसँगै बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्ससहित जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार टिम अन्तिम १६ बाटै घर फर्किएका छन ।

अब अन्तिम आठबाट चारका लागि स्विट्जरल्यान्ड–स्पेन, बेल्जियम–इटाली, चेक रिपब्लिक–डेनमार्क र युक्रेन–इंग्ल्यान्डबीच खेल हुनेछ । हुनेछ । अन्तिम आठका खेलहरु आउँदो शुक्रबारदेखि सुरु हुनेछ ।

शुक्रबार राति ९ बजेर ४५ मिनेटमा स्विट्जरल्यान्ड–स्पेन शुक्रबार राति १२ बजेर ४५ मिनेटमा बेल्जियम–इटाली शनिबार राति ९ बजेर ४५ मिनेट चेक रिपब्लिक–डेनमार्क शनिबार राति १२ बजेर ४५ मिनेटदेखि युक्रेन–इंग्ल्यान्डबीच खेल हुनेछ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार ०९:३८