२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

जर्मनीलाई हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा

१६ असार, काठमाडाैँ । इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा जर्मनीलाई २-० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

खेलको ७५ औँ मिनेटमा रहिम स्टर्लिङको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो । त्यसपछि ८६ औँ मिनेटमा हेरी केनले गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार ०९:३१