२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टिम इंग्ल्याण्डले श्रीलंकालाई हरायो

१६ असार, काठमाडाैँ । पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टिम इंग्ल्याण्डले श्रीलंकालाई हराएको छ । मंगलबार रिभरसाइट मैदानमा भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो ।

इंग्ल्याण्डले ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर श्रीलंकाले दिएको १ सय ८६ रनको सामान्य लक्ष्य पूरा गर्यो । इंग्ल्याण्डको जितमा जोय रुटले अविजित ७९ रन बनाए । श्रीलंकाका दुश्मन्था चामिराले ३ विकेट लिए ।  पहिले ब्याटिङ गरेको श्रीलंकाले ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार ०९:२७