एमालेको १० औँ महाधिवेशन आयोजक कमीटीको अन्तिम बैठक आज
१६ असार, काठमाडाैँ । नेकपा एमालेको १० औँ महाधिवेशन गर्न लागि बनाइएको आयोजक कमीटीको अन्तिम बैठक आज बस्दैछ । आजको बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने छ ।
केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो अबेरसम्म बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने औपचारिक निर्णय गरिसकेको छ ।
पर्सि १८ गते एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ । २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए त्यही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रकाशित मिति : 09:42









