२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

भ्रामक सूचनाबाट सतर्क रहन ग्लोबल आईएमई बैंकका ग्राहकलाई आग्रह

१५ असार, काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले भ्रामक सूचनाबाट सतर्क रहन ग्राहकहरुलाई आग्रक गरेको छ । बैंकले सूचना प्रकाशन गरी सामाजिक सञ्जालमा ठगी धन्धा चलेको भन्दै सतर्क रहन आग्रह गरेको हो । पछिल्लो समय बैंकका ग्राहकहरुलाई विभिन्न प्रलोभन पारि रकम पठाईदिन भनेर ठगी गर्ने गरेको गुनासो आएकाले बैंकले सतर्क रहन आग्रह गरेको हो ।

बैंकले सार्वजनिक गरेको सूचनामा भनेको छ, “विभिन्न सामाजिक सञ्जालहरू भाइबर, मेसेन्जर, व्हाट्सएप लगायतका माध्यमबाट स्वेदेशी तथा विदेशी नम्बरहरूबाट फोन, एसएमएस तथा अन्य सन्देशहरू पठाई चिठ्ठा आदि परेको भन्दै प्रलोभन देखाई त्यस्तो चिठ्ठा बापतको रकम प्राप्त गर्न बैंक खाता र बैंक खाता सम्बन्धी अन्य गोप्य विवरणहरू मागी मोबाइल बैंकिङ्ग तथा अन्य डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोगबाट ठगी गर्ने प्रयास भइरहेको भन्ने बारेमा गुनासो प्राप्त भइरहेको सम्बन्धमा बैंकको ध्यानाकर्षण भएको छ ।”

बैंकले आफ्नो ब्यक्तिगत विवरण सुरक्षित राख्न भनेको छ । बैंकका सम्पूर्ण ग्राहकहरूलाई आफ्नो खाताको विवरण र बैंकिङ्ग कारोबारका क्रममा उपयोग गरिने विभिन्न डिजिटल प्रविधिसँग सम्बन्धित OTP, Password, PIN जस्ता गोप्य विवरण कसैलाई पनि नदिन बैंकले आग्रक गरेको हो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १६:४९