एमाले स्थायी कमीटी बैठक बस्दै, यस्ता छन एजेण्डा
१५ असार, काठमाडाैँ । नेकपा (एमाले)को स्थायी कमीटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा साँझ ५ बजे बस्ने गरी स्थायी कमीटी बैठक बोलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसअघि बसेको स्थायी कमीटी बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको थियो ।
आजको बैठमा पनि केही महत्वपूर्ण विषयमा निर्णय लिने तयारी गरिएको छ । महाधिवेशन आयोजक कमीटी विघटन गरेर केन्द्रीय कमीटीको बैठक बोलाउने एमालेको तयारी छ । एमालेले पार्टीको आन्तरिक एकताको अन्तिम प्रयास गरिरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल लगायतहरू कांग्रेस र माओवादीका नेतासँग मिलेर एमालेकै विरूद्धमा लागेपछि आन्तरिक एकताका लागि एमालेले अन्तिम प्रयास गर्न लागेको हो ।
आजको स्थायी कमीटी बैठकमा पनि दोस्रो तहका नेताहरूले एकताका लागि गरेको प्रयासहरूका विषयमा समिक्षा हुने बताइएको छ । दोस्रो तहका नेताहरूले निरन्तर बसेर सहमतिको केही खाका बनाएका छन यद्यपी त्यसमा शीर्ष नेतृत्वले सहमति जनाएको छैन ।
प्रकाशित मिति : 11:42









