२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

स्पेन क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले स्तब्ध पार्दै अन्तिम आठमा

१५ असार, काठमाडाैँ । स्पेन क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले स्तब्ध पार्दै अन्तिम आठमा पुगेको छ । कोपनहेगनमा गएराति भएको खेलमा तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

स्पेनको जितमा पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक/एक गोल गरे । क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक/एक गोल गरे । क्रोएसियाले अर्को गोल भने स्पेनबाट आत्मघाती उपहार पाएको थियो । निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार ०९:०९