२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

म एमालेको नेताको रूपमा गठबन्धनमा सहभागी भएको हैनः माधव नेपाल

१४ असार, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू व्यक्तिगत रूपमा विपक्षी गठबन्धनमा लागेको बताउनुभएको छ । शनिबार प्रधानमन्त्रीको अफर आएको तर कांग्रेस सभापति शेरबहादुर देउवालाई धोका दिएर त्यसो गर्न नसक्ने बताउनुभएको थियो । त्यसको जवाफमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपालले प्रधानमन्त्रीमा प्रस्ताव गरेको भनेर भ्रम छरेको बताएपछि नेता नेपालले सोमबार कानुन व्यवसायीसँग भएको छलफलमा यस्तो बताउनुभएको हो ।

उहाँले ओलीले बोलेका केहीदिनदेखिको भाषण रेकर्ड गरेर राख्न अनुरोध गर्दै भन्नुभयो, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’ उहाँले गठबन्धनमा अरुभन्दा आफ्नो अवस्था फरक रहेको बताउँदै आफू पार्टीको नेताको हैसियतमा नआएको भन्दै भन्नुभयो, ‘अप्ठ्यारो अवस्थामा रहेको व्यक्ति वा नेता वा विचार समूहको रुपमा आएको छु । यो गठबन्धन भनेको संविधानको रक्षाका लागि हो र यसमा विचलित हुने छैन ।’

प्रकाशित मिति : June 28, 2021 at 8:33 pm