संकेत राम्रो पाइएको छ, संसद पुनस्थापना हुन्छः प्रचण्ड
१४ असार, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको संकेत राम्रो पाइएकाले प्रतिनिधिसभा पुनस्थापना हुने दाबी गर्नुभएको छ । सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘खतराको घण्टी सकियो भनेर ढुक्क हुने अवस्था छैन तर सकारात्मक संकेतहरु प्राप्त भएका छन् ।’
प्रचण्डले राष्ट्रपति संस्था यति चाँडै बद्नाम होला भन्ने कल्पना नगरेको भए पनि अहिले राम्रो भएको बताउनुभयो । उहाँले पुनःस्थापनाले मात्रै पनि समस्याको समाधान नहुने भएकाले अझै सतर्कता टुटाउन नहुनेर वैकल्पिक माध्यमबाट अदालतमाथि दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले कोभिडका कारण लाखौं जनता सडकमा आउन नपाइरहेको भन्दै अन्यत्र संयन्त्रबाट सर्वोच्चमाथि दबाब कायम राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘संसद पुनःस्थापना हुन्छ र शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्छ ।’
प्रकाशित मिति : 20:18









