२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप

१४ असार, काठमाडाैँ । युरो कप फुटबलमा साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बेल्जियम पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यससँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वार्टर फाइनलमा इटलीसँग खेल्नेछ । अस्ट्रियालाई हराउँदै इटली यसअघि नै अन्तिम आठमा पुगिसकेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार ०९:४३