४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

ब्राजिल र इक्वेडर कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा

https://www.muktinathbank.com.np/online/loan-application

१४ असार, काठमाडाैँ । ब्राजिल र इक्वेडर कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा पुगेका छन । समूह चरणको अन्तिम खेलमा ब्राजिल र इक्वेडर एक/एक गोलको बराबरी खेल्दै क्वार्टर फाइनलमा प्रवेश गरेका हुन् ।

खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै बराबरी गरे । बराबरीसँगै समूह ‘बी’ को ब्राजिल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गर्यो ।

ब्राजिलको ४ खेलमा १० अङ्क छ । समान चार खेलमा ३ अङ्क जोडेको इक्वेडर पनि चौथो स्थानमा रहँदै क्वार्टर फाइनलमा पुगेको छ ।

प्रकाशित मिति : June 28, 2021 at 9:48 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/