माधव नेपालले भन्दा पहिल्यै एमाले छाडे भुसालले, सांसद पद जोगाउन हदैसम्मको चलाखी
१३ असार, काठमाडौँ । डा वेदुराम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ । एमाले विभाजनका लागि महिनौँदेखि पौँठेजोरी खेलीरहेका माधवकुमार नेपाल समूहका महत्वपूर्ण व्यक्ति भुसालले आइतबार एमाले परित्याग गरेको पत्र संसद सचिवालयमा बुझाउनुभएको छ ।
उहाँले माधवकुमार नेपालले भन्दा अगावै एमाले परित्यागको घोषणा गरेपछि उक्त समूहमा यतिखेर खैलाबैला मच्चिएको छ । माधव नेपालको एमाले नै छाड्ने निष्कर्षपछि स्वतन्त्र हुन पनि पाउने भएका कारण भुसालले सांसद पद जोगाउन समयमै एमाले त्यागेको घोषणा गर्नुभएको हो । पार्टी फुटाउने हैसियत र संख्या दुबै नभएपछि यो समूह जीवन मरणको दोँसाधमा कहिले कांग्रेस र कहिले माओवादीका पछि हिडिँरहेको छ ।
उहाँले आफू स्वतन्त्र राष्ट्रिय सदस्यको हैसियतमा रहन चाहेको भन्दै संसद सचिवालयलाई जानकारी नै गराउनुभएको छ । यसपछि भुसालको सांसद पद एमालेले खोस्न सक्दैन भन्ने उहाँको बुझाइ देखिन्छ यद्यपी दल त्याग गरेपछि उहाँको सांसद पद भने स्वतः रिक्त हुन्छ ।
माधव नेपालले पत्रकार सम्मेलन मार्फत आफूलाइ एमालेको भन्दा बढी देउवाको माया रहेको र अहिले गठबन्धन छाड्ने र देउवालाइ धोका दिने विषय कल्पना भन्दा बाहिरको रहेको बताएको भोलिपल्टै भुसालले आफू स्वतन्त्र रहेको स्वघोषणा गर्नुलाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।
एमाले अध्यक्ष ओलीले माधव नेपाल समूहको सबै माग पूरा गर्न असार १६ गतेको मिति रोज्नुभएको छ । सो दिन जेठ २ को अवस्थाबाट एमाले अघि बढ्ने घोषणा गरिने छ । र सोही दिन एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय हुनेछ । यो सबै बुझिसकेपछि एमालेमै नरहने माधव नेपालको निष्कर्षमा साथ दिन भुसालले एमाले छाडेको बुझिएको छ ।
प्रकाशित मिति : 21:44









