नबिल इन्भेस्टमेन्टमा अनलाइनबाटै निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्न पाइने
१३ असार, काठमाडाैँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले निःशुल्क अनलाईन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ । कोभिड १९ को संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नका लागि कम्पनीमा धाउनुपर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागिमात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको हाे ।
प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्कासनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुनेछ ।
सेवाग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन भन्ने उद्देश्यले यस कम्पनीले अनलाईनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको छ । जसका लागि खाता खोल्न चाहने व्यक्तिहरुले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको वेबसाईट www.nabilinvest.com.np मा गई अनलाई डिम्याट भित्र onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाईएको छ ।
ग्राहकको सम्पूर्ण जानकारी रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नुपर्नेछ। यसरी आफूले अनलाइनबाट डिम्याट खाताका लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराइने कम्पनीले जनाएको छ। यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेहरुका लागिमात्र लागू हुनेछ।
लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्र कै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिङ्ग सुविधाहरु नबिल इन्भेष्टमेन्टले पछिल्ला दिनहरुमा सञ्चालनमा ल्याउँदै आएको छ ।
प्रकाशित मिति : १३ असार २०७८, आईतवार १३:४१












