पार्टी सदस्यता नविकरण गर्न देशैभरका कमीटीलाई एमालेको निर्देशन
१३ असार, काठमाडाैँ । नेकपा एमालेले पार्टी सदस्यता नविकरण गर्न देशैभरीका कमिटीलाई निर्देशन दिएको छ । आज बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिती,कोरोना महामारी,दैवी विपत्ती लगायतका बिषयमा संक्षिप्त तर गहन छलफल भएको छ । आगामी १६ गते यिनै बिषयमा बृहत्त छलफल गरेर थप निर्णय हुने ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 11:45









